सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इटली सेमिफाइनलमा, बेल्जियम बाहिरियो


  •    न्युजभित्तो/१९ असार २०७८, शनिबार १२:१९ 
  •  काठमाडौं,१९ असार । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

    जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल फर्काए । इटलीले अब फाइनल पुग्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

    खेलको १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गरेका थिए । तर भिएआरले अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन । तर इटलीले धेरै समय कुर्नुपरेन । ३१औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाए ।

    ४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटायो । इटलीका जिओभानी डि लरेन्जोले जेरेमी डुलाई धकेलेर लडाएपछि बेल्जियमले पेनाल्टी पायो । जसमा रोमेलु लुकाकुले सहजै गोल गरे ।

    दोस्रो हाफमा बेल्जियमले बराबरी गोल फर्काउने खोजेपनि सफल हुन सकेन । नियमित कप्तान इडेन हजार्ड घाइते भएकाले इटलीविरुद्ध खेलेनन् । तर केभन डे ब्रुयन भने शतप्रतिशत फिट नभएपनि खेलेका थिए ।

    बेल्जियममाथि जित हातपारेसँगै इटलीले अपराजित यात्रालाई ३२ खेलसम्म पुर्‍याएको छ । यस संस्करण युरोकपमा इटलीले लगातार पाँच खेल जितिसकेको छ, जसमा ११ गोल गर्दा जम्मा २ गोल मात्र बेहोरेको छ ।

    यस खेलअघि छनोटसहित इटली र बेल्जियमले समान १४ खेल जितेका थिए । यस हारपछि बेल्जियमको जित यात्रामा ब्रेक लागेको छ भने इटली सेमिफाइनल पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.