सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल कम्युनिष्ट पार्टीले चार महिने अभियान सञ्चालन गर्ने


  •    न्युजभित्तो/१८ असार २०७८, शुक्रबार १५:२३ 
  •  चितवन,१८ असार । नेपाल कम्युनिष्ट पार्टी चितवनले जिल्लामा चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको २१ औं जिल्ला बैठकले वर्तमान सरकार र स्थानिय तहका बिषयमा भण्डाफोर गर्दै चार महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
    आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले १९ वुद्धे निर्णयहरु सार्वजनिक गर्दै जिल्ला इन्चार्ज सन्देश पौडेलले सो बिषयमा जानकारी गराउनु भएको हो ।
    अभियानका क्रममा बाटी कटान र डुवान लगाएत प्राकृतिक बिपत्तिमा राज् र त्यस निकायबाट भएको उदासिनताको भण्डाफोर गर्ने, कोभिड उपचारमा देखिएको लापरवाही, चर्को शुल्क लगाएतका बिषयमा ध्यानाकर्षण गर्दै भण्डाफोर गर्ने, मलमा भएको कालाबजारी र अभावको भण्डाफोर र आबश्यक संघर्ष गर्दे रहेका छन् ।
    यस्तै बिद्यार्थीहरुलाई अनलाई भर्ना, पढाई र मासिक शुल्क लगताएका अन्य बिषयमा अभिभावकसंग लिएको चर्को शुल्क रोक्ने, स्थानिय तहमा भएको भ्रषटचार, करको वृद्धि र जनबिरोधि कार्यका बिरुद्ध जागरण अभियान चलाउने, क्यान्सर अस्पताल बिरुद्धमा भएको षड्यन्त्रको बिरोध गर्ने, पार्टी संगठनको जालोलाई प्रभावकारी रुपमा अघि वढाउने, समाजवादी प्रणाली लागु गर्ने लगाएतका निर्णयहरु गरेको पौडेलले बताउनुभयो ।
    यी बाहेक जनसंस्कृतिक कार्यक्रम, अन्तरक्रिय , छलफल हुँदै सभामा पुगेर अभियान समापन हुने उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै पौडेलले राज्यले सहमति अनुसार आफ्ना साथिहरु छोड्न हिचकिचाएको भन्दै तत्काल सुहमति अनुसार छोडन् समेत माग गर्नुभयो । उहाँले भन्नुभयो “हामी सहमती कार्यान्वयन गर्न तयार छौ । तर राज्यले सहमतिको पालना गर्नु पयो ।”
    अझै हाम्रा १ सय ३५ जना अहिले आँफुहरु जनमतको पक्षमा रहेको र जनमत पुर्जिवादी गणतन्त्र कि समाजबादी गणतन्त्रको पक्षमा हुने उहाँको तर्क थियो । अहिलेको राज्य सत्ताबाट देशले निकास नपाउने भन्दै अव सत्ताप्रणालीनै परिवर्तन गर्नु पर्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.