सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डिजिटल नागरिक बडापत्र सञ्चालनमा


  •    न्युजभित्तो/१८ असार २०७८, शुक्रबार ११:०० 
  • सिन्धुपाल्चोक, १८ असार । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो ।

    सो डिजिटल बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज दङ्गालले बताउनुभयो । सो डिजिटल बडापत्रमा गाउँपालिकाको सम्पूर्ण जानकारीसमेत हेर्न सकिन्छ । गाँउपालिकाको कुनै शाखाले दिने सेवासम्बन्धी जानकारी लिनसमेत सोही बडापत्रको प्रयोग गर्न सकिनेछ ।

    “कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी यो डिजिटल बडापत्र तयार गरिएको छ”, सूचना प्रविधि अधिकृत दङ्गालले भन्नुभयो, “गाँउपालिकाबाट प्रदान हुने हरेक सेवाका बारेमा विस्तृतमा जानकारी राखिएको छ ।” यो डिजिटल बडापत्र अपाङ्गमैत्रीसमेत छ । यो बडापत्रको डिजिटल बोर्डमा आफूले चाहेको सेवामा थिचेपछि अडियो र भिडियो सन्देशमार्फत जानकारी प्राप्त हुन्छ । हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टि तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्दछन् । अधिकृत दङ्गालका अनुसार यो सेवा सिन्धुपाल्चोक जिल्लामै पहिलो हो ।

    गाउँपालिकामा आउने सेवाग्राहीले सेवा लिन आउँदा प्रक्रिया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताउनुभयो । यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । “हामी सकेसम्म सेवाग्राहीलाई बिनाझण्झट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोेचिरहेका छौँ ।” गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो, “त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौँ”, सेवाग्राहीले सजिलै बुझ्ने गरी सबै जानकारी पाउन सकिने गरी स्मार्ट सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

    सो डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाको जानकारीसमेत समेटिएको छ । बडापत्र गाउँपालिकाको सूचनापाटीका रूपमा प्रयोग हुनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.