सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भयावह बन्दै चितवनमा लागुऔषध कारोबार


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १४:२७ 
  • चितवन, १७ असार  । चितवनमा पछिल्लो समयमा लागुऔषध कारोबार र ओसारपसारमा बृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०७६, ०७७ भन्दा चालु आर्थिक बर्ष ०७७ , ०७८ मा उल्लेख्य रुपमा अवैध लागु औषध कारोबार बढेको देखिएको हो । लागुऔषध कारोबारमा गतबर्ष प्रहरीले पुरुष १२० जना र महिला ८ जना गरी १२८ जना पक्राउ गरेको थियो । उक्त बर्षमा लागुऔषध कसुरमा ८५ वटा मुद्धा दर्ता भएका थिए ।

    यस्तै चालु आर्थिक बर्षमा पुरुष १२८ जना र महिला ६ जना र बालक २ जना गरी १३६ जनालाई पक्राउ गरेको छ भने असारको दोस्रो सातासम्म ९५ वटा मुद्धा दर्ता भएका छन । लागुपदार्थ प्रयोगकर्ता र कारोबार बढेसंँगै बरामद परिमाणमा पनि बृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गतबर्ष प्रहरीले लागुऔषध डाईजेपाम ८६४ एम्पुल बरामद गरेकोमा चालु आर्थिक बर्षको असारको दोस्रो सातासम्म १ हजार २सय ४९ डाइजेपाम एम्पुल बरामद भएको छ ।

    यस्तै गतबर्ष चितवन प्रहरीले व्युप्रिनोर्फिन ८६१ एम्पुल बरामद गरेकोमा यसबर्ष १ हजार २३५ एम्पुल , गतबर्ष खैरो हिरोइन२१५ मिलिग्राम, यसबर्ष २२ ग्राम १६८ मिलिग्राम, गतबर्ष नाइट्राजेपाम १ हजार पांँचसय १३ ट्याबलेट यसबर्ष १ हजार ६९६ ट्याबलेट बरामद भएको छ भने गतबर्ष प्रहरीले ११४ केजी पाँचसय १६ ग्राम गांँजा बरामद गरेकोमा यसबर्ष यो परिमाण बढेर ७७२ केजी ३०० ग्राम बरामद भएको जानकारी दिएको छ । यस्तै गतबर्ष चितवन प्रहरीले तालजेसिक एम्पुल पांँच थान,चरेस पांँच ग्राम, फेन्सिडिल हजार मिलिलिटर,स्प्यास्मो प्रोक्सीवन १४ थान बरामद भएको थियो भने यस बर्ष प्रहरीले अन्य नयांँ थप लागुऔषध बरामद गरेको छ ।

    जसअनुसार प्रोमाबेजिन ट्याबलेट ५९ थान,वाइरुफ सिरप सातसय मिलिलिटर, पाईभोन स्प्यासियस ८ ट्याबलेट ,अनेरेक्स सिरप १ हजार पांँचसय मिलिलिटर बरामद गरेको जानकारी दिएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले गतबर्ष भन्दा यो बर्ष लागुऔषध ओसारपसार कारोबार बढेको बताए । ‘सेवनकर्ता बढेसंँगै कारोबार र परिमाणमा पनि बृद्धि हुदै गएको देखिएको छ । उनले भने, प्रहरीको थप सक्रियताले पनि पक्राउ संख्याामा बृद्धि भएको हुनसक्छ ।’

    पछिल्लो समय २५ बर्षदेखि ३५ बर्षका युवापुस्ता लागु औषध सेवन गर्ने गरेको र पछि ती आफंै कारोबार र ओसारपसारमा संलग्न रहेको अनुसन्धानबाट देखिएको थापाको भनाई छ । लागुऔषध कारोबारमा संलग्नलाई कसुरको प्रकृति , परिमाणका आधारमा सोही अनुसार मुद्धा चलाई सजायंँ हुने थापाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.