सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचथरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १४:१० 
  •  पाँचथर,१७ असार । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् ।

    सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका-३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ-३ माङ्लेबुङमा बुधबार साँझ ७:०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो ।

    मे१त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

    शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । दुर्घटना सदरमुकाम फिदिमबाट ६८ किलोमिटर पूर्वमा भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.