सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १३:५९ 
  • काठमाडौं,१७ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

    क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताइएको छ ।

    कांग्रेसले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा एक समिति गठन गरेको छ। देशभरबाट आठ लाख बढि क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन् । तर मापदण्ड बनाउन नसक्दा समितिले अधिकांश उजुरीमाथि छानविन गर्न सकेको छैन ।

    समितिले पदाधिकारी बैठकबाट क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन भन्दै यसअघि नै ड्राफ्ट बुझाइसकेको छ । मापदण्ड नबन्दा सदस्यता छानविनको काम अवरुद्ध भएको एक समिति सदस्यले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.