सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रिब्दीकोटमा अनलाइनबाट पठनपाठनको तयारी


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १६:३३ 
  • पाल्पा, १४ असार । पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेका छन् ।

    रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठ्न सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । निषेधाज्ञाको अवधिमा बालबालिका अध्ययनबाट वञ्चित भएका छन् ।

    विद्यालयमा उपस्थिति हुन नपर्ने भएपछि फुर्सदिला भएपछि बालबालिकाको अध्ययन प्रति रुचि हराएको छ । यसैलाई मध्यनजर गरी यहाँका विद्यालयले अनलाइन कक्षाको तयारी गरेका हुन् । असार १६ गतेदेखि अनलाइन प्रविधिको प्रयोग गरी पठनपाठ्न सञ्चालन गर्ने तयारीमा शिक्षा शाखा जुटेको गाउँपालिकाका अध्यक्ष जिसीले बताउनुभयो । निषेधाज्ञा शुरु भएसँगै पाल्पाका सामुदायिक विद्यालय पूर्ण रुपमा बन्द भएका छन् ।

    नीजि विद्यालयले निषेधाज्ञाको अवधिमा अनलाइनबाट पठनपाठन सञ्चालन गरेपनि सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी पढ्नबाट वञ्चित भएका हुन् । पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीलाई जुमबाट सिकाइमा निरन्तरता दिइने र यसको आधारमा अन्य कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा सिकाइ हुने गाउँपालिकाका अध्यक्ष जिसीले बतउनुभयो । उहाँका अनुसार अनलाइन प्रविधिमा विद्यार्थीको सहभागीता र शिक्षण सिकाइ प्रभावकारी भएको अवस्थामा तल्लो तहका कक्षाहरु अनलाइनबाटै सञ्चालन हुने बताउनुभयो ।

    शिक्षक महासङ्घ रिब्दीकोट र गाउँपालिकाको छलफलबाट अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले बताउनुभयो । शिक्षक महासङ्घका प्रतिनिधि र गाउँपालिकाका प्रतिनिधि बीचको छलफलले असार १६ गते देखि अनलाइन जुमको सहायताबाट पठनपाठन गराउने निर्णय भएको शाखा प्रमुख खनालको भनाइ छ ।

    विद्यालयका सम्बन्धित विषयका शिक्षकमार्फत विद्यार्थीसँग सम्र्पक भइरहेको खनालको दाबी छ । अनलाइन प्रविधिबाट कक्षा सञ्चालन हुनु अगाडि नै विद्यार्थीसँग सम्र्पक गरी अनलाइन कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ वा छैन भनी बुभ्ने काम भएको शिक्षा शाखाले जनाएको छ । विद्यालयले विषयगत शिक्षक तथा विद्यार्थीलाई १५ गते भित्र जुम आइडीको बारेमा जानकारी गराउने छन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम चन्द अर्यालका अनुसार अभिभावकसँगै रहेर विद्यार्थीले अनलाइनबाट पठनपाठन गर्दा अनुशासित हुने र शिक्षण सिकाइ प्रक्रिया पनि प्रभावित नहुने बताइएको छ । रिब्दीकोट गाउँपालिकाको ग्रामीण क्षेत्रमा अव्यवस्थित रहेको अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षक विद्यार्थीमा उत्साह आएपनि समय समयमा विद्युत् र इन्टरनेटमा आउने खराबीका समस्या हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.