सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप २०१६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १७:०६ 
  • काठमाडौँ : पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। मुलुकभरमा विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ।

    नेपालमा आज थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार थप २ हजार १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालाहरुमा गरी ४ हजार ७०४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

    पछिल्लो २४ घण्टामा देशभर गरी ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.