सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु, ४४ संक्रमित थपिए


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार १६:०० 
  • चितवन, : चितवनमा विगत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका मध्ये तीन जना चितवनका र बाँकी तीन जना अन्य जिल्लाका छन् । उनीहरु मध्ये भरतपुर अस्पतालमा ५ जना र चितवन मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।

    चितवनका विभिन्न अस्पतालमा २१७ जना कोरोना संक्रमित बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा ९५ जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ३२ जना र सामान्य बेडमा ९० जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

    त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनमा विगत २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

    भरतपुर महानगरपालिकामा २८ जना, खैरहनीमा ७ जना, माडीमा १ जना, रत्ननगरमा ४ जना, राप्तीमा ३ जना, कालिकामा १ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २६ पुगेको छ । जसमा घरमा ९०२ जना, अस्पतालमा ९५ जना र सार्वजनिक आइसोलेसनमा २९ जना रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.