सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार १०:५७ 
  • खोटाङ, : हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो ।

    एघार वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिन निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरिएको नगर प्रमुख इवन राईले बताउनुभयो । “क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको हो ।”

    स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफैँ किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क उपलब्ध गराउन शुरु गरेको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताउनुभयो । संयोजक घिमिरेका अनुसार एक जना गर्भवतीले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानुपर्ने हुन्छ ।

    बजारमा प्रतिक्याल्सियम चक्कीको मूल्य औसतमा रु छ पर्ने गरेको छ । जिल्लामा आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवती र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरे पनि दूरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की खानबाट वञ्चित छन् ।

    कतिपयलाई गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की खानुपर्ने जानकारी नै नभएको अवस्थामा नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरेपछि उनीहरु लाभान्वित भएका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि नभई नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि वञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले केही समयअघि गर्भवती तथा सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने निर्णय गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको थियो ।

    यसैबीच कोभिड–१९ महामारीलाई लक्षित गर्दै ऐँसेलुखर्क गाउँपालिकाले मिनी–अक्सिजन प्लान्ट जडान गरेको छ । कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनी–अक्सिजन प्लान्ट जडान गरेको हो ।

    प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ शय्याका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनी–अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । मिनी–अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन एकैसाथ आइसोलेशन सेन्टरका छ शय्या, सामान्य वार्डका छ शय्या र बर्थिङ सेन्टरका एउटा शय्याका बिरामीलाई दिन मिल्ने गरी जडान गरिएको छ ।

    करीब रु २० लाख बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनी–अक्सिजन प्लान्टबाट पाइपमार्फत शय्यामा अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको छ । खोटाङका १० स्थानीय तहमध्ये ऐँसेलुखर्कमा जिल्लामै पहिलो मिनी–अक्सिजन प्लान्ट जडान गरिएको हो ।

    जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट विनियोजन गरे पनि अहिलेसम्म जडान गरिएको छैन । मिनी–अक्सिजन प्लान्ट जडान गर्न राष्ट्रिय आविष्कार केन्द्रबाट दुई गाडी सामग्री लिएर सात जनाको टोली ऐँसेलुखर्क पुगेको थियो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.