सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार १३:३८ 
  • दमौली, ९ असार । तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८-७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

    नेपालको संविधानले हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने कुरालाई आत्मसात् गरेकाले गाउँपालिकाले त्यसलाई कार्यान्वयन गर्न लागेको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गरी स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय स्वास्थ्य सेवा नियमावली र स्थानीय स्वास्थ्य नीतिसमेत निर्माण गरी सोही बमोजिमको कार्य अगाडि बढाइनेछ ।

    गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट गाउँपालिका पनि अछुतो छैन । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न हाल सञ्चालनमा रहिरहेको दश श्ययाको कोभिड अस्थायी अस्पताललाई स्तरोन्नति गरी २० श्ययाका रुपमा विकास गरिने रानाले बताउनुभयो ।

    हरेक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप घिरिङमा दश श्ययाको अस्पताल आगामी आर्थिक वर्षबाट नै स्थापना गरी सञ्चालन गर्ने नीति लिइएको छ । साथै दश श्ययाको आधारभूत अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन र डिपिआर समेतका लागि बजेट विनियोजन गरिने रानाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.