सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इङ्ल्याण्डले जित्यो विश्वकप क्रिकेटको उपाधी, सुपरओभरबाट छिनोफानो


  •    /३० असार २०७६, सोमबार ००:२७ 
  • काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट २०१९को उपाधी घरेलु टोली इङ्ल्याण्डले जितेको छ । आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्ड र इङ्ल्याण्डले समान अङ्क जोडेपछि सुपरओभरमा गएको खेलमा इङ्ल्याण्डलाई विजयी घोषणा गरिएको हो ।

    सुपरओभरमा पनि बराबर १५/१५ रन बनाएपछि धेरै बाउण्ड्री हानेको आधारमा इङ्ल्याण्डलाई विजयी घोषणा गरियो । तर यो आधारको विश्वका कतिपय उत्कृष्ट खेलाडीहरुले नै आलोचना गरेका छन् ।

    टस जितेर पहिले व्याटिङ रोजेको न्यूजिल्याण्डले आठ विकेटको क्षतिमा २ सय ४१ बनाएको थियो । इङ्ल्याण्डले पनि पूरै ओभर खेल्दै १० विकेटको क्षतिमा समान २ सय ४१ रन नै बनाएको थियो । खेल बराबरी भएपछि सुपर ओभरमा गएको थियो । नेपाली समयअनुसार आइतबार मध्यरातमा सकिएको फाइनल खेलमा इङ्ल्याण्डलाई विजयी घोषणा गरिएको थियो ।

    एक दिवसीय विश्वकप क्रिकेटको १२औँ श्रृङ्खलामा पहिलो पटक फाइनलको छिनोफानो सुपरओभरमा भएको हो । इङ्ल्याण्डले एक दिवसीय विश्वकप क्रिकेटको उपाधी जितेर इतिहास समेत रचेको छ । उसले पहिलोपटक यो उपाधी चुमेको हो । 

    त्यसअघि इङ्ल्याण्डलाई २४२ रनको लक्ष्य दिने क्रममा न्यूजिल्याण्डका लागि निकोलसले ५५ रन जोडे भने लाथमले ४७ र कप्तान केन विलिम्यसनले ३० रन बनाए । इङ्ल्याण्डका लागि स्टोकले ८४, बटलरले ५९ तथा बैरस्टले ३६ रन बनाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.