सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

 चितवनमा एक सय २८ जना कोरोनाम सङ्क्रमित थपिए


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १४:२२ 
  •  चितवन,७ असार । जिल्लामा पछिल्लो २४ घण्टाको समयमा १ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य कार्यालय चितवनका अनुसार ९९ जना पिसिआर परिक्षण बिधिबाट र २९ जना मा एन्टीजिन बिधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार दुबै बिधिबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
    पिसिआर बिधिबाट भरतपुर महानगरमा ६९ जना, खैरहनी नगरपालिकामा ६ जना, माडी नगरपालिकामा २ जना, रत्ननगरमा १३ जना, राप्तिमा ३ जना, कालिकामा ५ जना र इच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन बिधिबाट भरतपुर महानगरमा १७ जना, माडीमा ८ जना, रत्ननगरमा ३ जना, राप्तीमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
    यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय ५३ जना रहेको छ । जस मध्ये १ हजार १ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने ९० जना अस्पतालको आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमणका कारण २ सय ६९ जनाको मृत्यु भई सकेको छ । १३ हजार ९ सय ४० जना उपचार पछि घर फर्की सकेको ढकालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.