सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा गत वर्षको तुलनामा स्क्रफटाईफसको संक्रमण बढ्यो, डेङ्गु घट्यो


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १४:१४ 
  • चितवन, ७ असार । जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म स्क्रफटाईफसका संक्रमितको संख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा डेङ्गुका संक्रमित भने घटेका हुन् ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको हालसम्म २९३ जनामा स्क्रफटाईफसको संक्रमण देखिएको छ । २ हजार ६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । संक्रमित मध्ये एक जनाको मृत्यु समेत भएको छ ।

    गत आर्थिक वर्षमा १ हजार ५१६ जनाको परीक्षण गर्दा १२७ जनामा संक्रमण देखापरेको थियो । ती मध्ये दुई जनाको मृत्यु भएको थियो । यस वर्ष १ हजार ६८९ जनाको परीक्षण गर्दा २४३ जनामा डेङ्गुको संक्रमण देखापरेको छ ।

    गत वर्ष १९ हजार २३० जनाको परीक्षण गर्दा ४ हजार ८०३ जनामा डेङ्गुको संक्रमण देखिएको थियो । जसमध्ये ३ जनाको मृत्यु भएको थियो गरिएको थियो ।

    यस वर्ष सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ७२ जना स्क्रफटाईफस र ७३ जनामा डेङ्गु देखापरेको छ । संख्याको हिसाबले सबैभन्दा कम ईच्छाकामना एक जनामा स्क्रफटाईफस र दुई जनामा डेङ्गु देखा परेको छ ।

    यसैगरी खैरहनीमा २३ जना स्क्रफटाईफस र २० जनामा डेङ्गु, माडीमा १२ जनामा स्क्रफटाईफस र ९ जनामा डेङ्गुको संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

    यस्तै रत्ननगरमा २८ जनामा स्क्रफटाईफस र ३० जनामा डेङ्गु, राप्तीमा १५ जनामा स्क्रफटाईफस र ८ जनामा डेङ्गु, कालिकामा १ जनामा स्क्रफटाईफस र ७ जनामा डेङ्गु संक्रमण देखिएको छ ।

    जिल्लामा ८० जना महिला र ७२ जना पुरुषमा स्क्रफटाईफस र ५४ जना महिला र ९५ जना पुरुषमा डेङ्गुको संक्रमण देखापरेको छ ।

    कार्यालयका प्रमुख दिपकप्रसाद तिवारी निषेधाज्ञाासँगै मानिसहरु घरमै रहेको र सरसफाईमा बढी ध्यान दिएका कारण डेङ्गु घटेको बताउनुहुन्छ ।

    डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । डेङ्गु सार्ने भेक्टर एडिस नामक लामखुट्टेको प्रजातिको संख्या बढेसँगै नेपालमा पनि पछिल्ला वर्षहरुमा डेंगुको प्रकोप बढ्दो छ । डेङ्गु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट) प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन् ।

    स्क्रब टाइफस एउटा घातक सरुवा रोग हो । यो रोग रिकेटसिया तुसुगामुसी नामको किटाणुका कारण हुनेगर्छ । तुसुगामुसी नामको किटाणुका कारण सर्ने यो रोगका किटाणु चिगरमाइड्स भन्ने उपियाँ उडुस जस्ता साना किराले बोक्ने गर्छ । सो किराले टोकेपछि हाम्रो शरीरमा सार्ने गर्छ । खासगरी तुसुगामुसी किटाणु मुसामा हुने गर्छ ।

    स्क्रब टाइफसको लक्षण टाइफाइडसँग मिल्दोजुल्दो नै हुन्छ । धेरै टाउको दुख्नु, एक्कासि ज्वरो आउनु, हल्का खोकी र आँखा रातो भई चिप्रा आउने, बाथ जिउ सुनिने, ढाड र कम्मर धेरै दुख्ने, टोकेको ठाउँमा सानो घाउ देखिने, केही समयपछि छाती तथा ढाडमा साना राता राता बिमिरा देखिने, डाक्टरले जाँचेर हेर्दा फियो, कलेजो सुनिएको पाइने, मुटुको माङ्सपेसी सुनिने, ब्लड प्रेसर घटेर जाने र अचेत हुने, नाडीको धड्कन बढ्ने र विषाक्त देखिएर अन्त्यमा मृत्युसम्म हुने यो रोगका लक्षण हुन् ।

    यो रोग लाग्ने बित्तिकै घाउ बिमिरा नदेखिन पनि सक्छ । एक दुई हप्तापछि मात्र देखिन सक्छ या नदेखिन पनि सक्छ । यसैगरी कुनै भित्री भागमा घाउ हुन सक्छ । जुन घाउ नदुख्ने नपोल्ने पिप नआउने हुन्छ र पछि आफै खाटा बनी निको हुन्छ । कहिलेकाहीँ सुरुमै उपचार गरियो भने पनि देखिँदैन ।

    यो रोगका कारण अन्य शारीरिक खतरा पनि हुन सक्छ । जस्तै मिर्गौला फेल हुने, मुटु फेल हुने, कडा निमोनिया हुने, मस्तिष्क ज्वोरो आउने, रगत जम्ने जस्ता समस्या देखिन सक्छ । रगत जाँचबाट यो रोग हो कि हैन भनेर थाहा पाउन सकिन्छ । सुरुमा डब्ल्यूबीसी घट्ने र केही समयपछि बढ्ने हुन सक्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.