सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेश सरकारद्वारा स्वास्थ्य कार्यालय चितवनलाई औषधि सहितको स्वास्थ्य सामग्री हस्तान्तरण


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १३:०४ 
  • चितवन, ४ साउन । बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय चितवनलाई ३० प्रकारका औषधि सहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारका राजनीतिक सल्लाहकार जगन्नाथ (जेएन) थपलियाले ती सामग्री आज स्वास्थ्य कार्यालय प्रमुख दिपकप्रसाद तिवारीलाई हस्तान्तरण गर्नुभयो ।

    प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त विभिन्न रोगका औषधि सहितको कोभिड उपचारमा उपयोगी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा सल्लाहकार थपलियाले कोरोना संक्रमणको समयमा जिल्लामा आवश्यक परेमा थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो “आम नागरिकलाई संक्रमणबाट बचाउन आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार छ ।” उहाँले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराखी उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिनुभयो ।

    जिल्लामा संक्रमणको उपचारमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै थपलियाले भन्नुभयो “चितवनले कोरोना उपचारमा उल्लेखनीय भूमिका खेलेको छ, यो सह्रानीय विषय हो ।”

    कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख तिवारीले प्राप्त सामग्री पालिकाहरुमा पठाईने जानकारी दिनुभयो । कार्यालयमा भएका समस्याहरुका बारेमा समेत उहाँले थपलियालाई जानकारी गराउनु भएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य विजय सुवेदी, कृष्ण भूर्तेल लगायत सहभागी हुनुहुन्थ्यो ।

    प्रदेशले स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु –गाउन, सर्जिकल माक्स, ग्लोब्स, एन ९५ माक्स, चस्मा, फेससिल्ड, डेथबडी ब्याग, जुत्ताको कभर, सेनिटाईजर, अक्सिजन कन्सनट्रेटर लगायत विभिन्न रोगका औषधिहरु उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारले यहाँको कोभिड उपचारमा महत्वपूर्ण आर्थिक सहयोग समेत गर्दै आएको छ । सरकारले स्वास्थ्य कार्यालय र पालिकाहरुमार्फत् आर्थिक तथा सामग्री उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.