सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो २४ घण्टामा एक हजार ७६८ थपिए, दुई हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १८:३८ 
  • काठमाडौं, ३ असार । नेपालमा कोरोनाभाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ९८४ पुगेको छ । एन्टीजेन विधिबाट हालसम्म २४ हजार ५६ को रिपोर्ट पोजेटिभ आएको छ । हाल नेपालमा ६१ ह्जार ७२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १४१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४५ हजार ६६२ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८८।६ प्रतिशत पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५९७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.