सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन आठ जनाको मृत्यु, ५४ संक्रमित थपिए,


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १६:४५ 
  • चितवन,३ असार । चितवनका अस्पतालहरुमा आज एकैदिन आठ जना संक्रमितको मृत्यु भएको छ । चितवनका पाँचसहित अन्य जिल्लाको तीन गरी आठ जनाको निधन भएको हो ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार मृत्यु हुनेमा भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा २ जना रहेका छन् । त्यसैगरी विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा गरेर १३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एचडीयूमा ४० जना, जेनरल बेडमा १११ जना गरी जम्मा २५१ जना अस्पतालमा उपचार गराइरहेका छन् । विगत २४ घण्टामा १९ जना बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    विगत २४ घण्टामा चितवनमा ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ३३ जना, खैरहनीमा ६ जना, माडीमा ४ जना, रत्ननगरमा ९ जना र राप्तीमा २ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार ३०५ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १४४ जना, अस्पतालको आइसोलेसनमा १२४ जना र सार्वजनिक आइसोलेसन केन्द्रहरुमा ३७ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आजसम्म चितवनमा २५७ जनाले ज्यान गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.