सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुर अस्पतालमा सङ्क्रमितको चाप घट्दै


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १४:१३ 
  • महेन्द्रनगर, ३ असार । कञ्चनपुरमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप घट्दै गइरहेको छ ।

    कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले हाल अस्पतालमा आठदेखि १० सङ्क्रमित उपचाररत रहेको बताउनुभयो ।

    “वैशाखको दोस्रो लहरका सङ्क्रमितको चापले बाहिर जस्तामुनि राखेर पनि उपचार दियौँ”, डा रोकायाले भन्नुभयो, “अहिले अवस्था सामान्य बन्दै गएको छ ।” अस्पतालमा वैशाखमा १३० सङ्क्रमितसमेत अस्पतालमा उपचारका लागि आएको तथ्याङ्क छ । त्यसैगरी स्वास्थ्य कार्यालयले हाल जिल्लामा ३२२ सक्रिय सङ्क्रमित रहेका बताउनुभयो ।

    “दोस्रो लहरमा यहाँ दुई हजार जनासम्म सक्रिय सङ्क्रमित हुनुहुन्थ्यो”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भन्नुभयो, “अहिले परीक्षण गर्दा दर घटिरहेको पाइएको छ ।” उहाँले कोरोनाको दोस्रो लहरमा मात्रै कञ्चनपुरमा १६८ ले ज्यान गुमाएको जानकारी दिनुभयो । भारतसित सीमानाका जोडिएको गड्डाचौकी नाका र पूर्वी गौरीफन्टा नाकामा भारतबाट स्वदेश फर्किनेको कोरोना परीक्षण जारी छ ।

    त्यसैगरी आगामी सोमबारसम्म निषेधाज्ञा जारी राखेको स्थानीय प्रशासनले दैनिक उपभोग्य सामग्री, तरकारी पसल, खाद्यान्न पसल र निर्माण सामग्री खरिदका लागि लकडाउन केही खुकुलो गरेको छ । बजार पूर्णरूपमा नखुले पनि सातामा चार दिन यहाँ मापदण्ड पूरा गरेर बिहानी समय पसल सञ्चालनका लागि अनुमति दिइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सङ्क्रमणको स्थिति हेरेर लकडाउन सहज गरिने बताउनुभयो । “अब अवस्था सामान्य बन्दै जाँदा दैनिकीलाई पनि सहज गर्ने भनेका छौँ”, उहाँले भन्नुभयो, “कोरोना घटे पनि स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.