सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १५:०५ 
  • काठमाण्डौँ, ३१ जेठ । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

    कोभिड–१९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत वितरण गरिएको हो ।

    यसअघि पनि सो संस्थाले सरकारी, सामुदायिक तथा आइसोलेशन केन्द्रलाई कोभिड–१९ सम्बन्धी विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । आनी छोइङ डोल्मा फाउण्डेशनका अध्यक्ष तथा गायिका डोल्मा, सिङ्गापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री एवं सदस्य सनैना क्षेत्रीले संयुक्तरुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

    हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, काभ्रेका सभापति बद्रीराज तिमल्सिना, सुर्खेतका सभापति ललित बसेल, युवा व्यवसायी तथा सामाजिक अभियानकर्मी यदु भट्टराई, मनोज पुरी तथा सुर्खेत उद्योग वाणिज्य सङ्घका पदाधिकारीको उपस्थिति थियो ।

    कोरोना महामारीको पहिलो लहरदेखि नै स्वास्थ्य सामग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले नयाँ भेरियन्टसहितको महामारी फैलिएसँगै भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पिपिई अक्सिमिटर, फस्र्ट एड किट्सलगायत सामग्री सहयोग उपलब्ध गराउँदै आएको नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति तिमल्सिनाले राससलाई बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.