सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १२:४८ 
  • मध्यपुरथिमि, ३१ जेठ । कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

    कटुञ्जेका रामबहादुर थापा, रञ्जनराज ढुङ्गेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीका लागि दुई थान बिरामी राख्ने श्यया, अक्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायत विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।

    उक्त स्वास्थ्य सामग्री नगर प्रमुख वासुदेव थापाले स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गर्नुभयो । उहाँले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम एवं बजेट ल्याइने बताउनुभयो ।

    उहाँले जगतीमा नगर अस्पताल सञ्चालनको अन्तिम तयारी रहेको र सो अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरीदका लागि बोलपत्र भइसकेको जानकारी दिनुभयो ।

    कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले अमेरिका बस्ने यहाँका नेपालीको सहयोगले स्वास्थ्य चौकीको आवश्यकताअनुसारका केही सामग्री सहयोग आउँदा राहत मिलेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.