सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १०:३१ 
  • सिमकोट, ३१ जेठ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ ।

    गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ । गल्फागाड गाउँका नागरिकलाई बिरामी हुँदा गाउँमा स्वास्थ्यचौकी नभएर एक घण्टाको पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा रहेको स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ ।

    स्वास्थ्यमा सामान्य खराबी आए पनि नजिकमा स्वास्थ्यचौकी नहुँँदा यहाँका नागरिकले समयमै उपचार नपाउने गरेको सिंह भण्डारीले बताउनुभयो । सिटामोलसमेत समयमै नपाउनुका साथै वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने र उपचार गर्न लैजान पनि गाह्रो हुने गरेको उहाँले बताउनुभयो ।

    यता गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराका अनुसार आफूलाई अहिलेसम्म गल्फागाड गाउँमा बिरामी भएको खबर नआएको बताउनुभयो । गाउँमा बिरामी भएको खबर आएको खण्डमा स्वास्थ्यकर्मी जाने अन्यथा नजाने उहाँको भनाइ थियो । गल्फागाड गाउँमा करिब ३० घरधुरी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.