सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई हजार ८७४ संक्रमित थपिए, पाँच हजार २९३ कोरोनामुक्त, ५९ को मृत्यु


  •    न्युजभित्तो/२७ जेष्ठ २०७८, बिहीबार १९:०२ 
  • काठमाडौं, जेठ २७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ८७४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीबार जनाए अनुसार पछिल्लो चौबीस घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

    थपिएका सङ्क्रमितसँगै नेपालमा पीसीआर परीक्षणबाट सङ्क्रमणको पुष्टि भएका कोरोनाका कुल सङ्क्रमित छ लाख एक हजार ६८७ पुगेको छ । एन्टीजेन बिधिबाट हालसम्म १७ हजार ७१४ को रिपोर्ट पोजेटिभ आएको छ । हाल ७७ हजार ८५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार २९३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म पाँच लाख १५ हजार ५९१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५.७ प्रतिशत पुगेको छ ।

    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार २३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.