सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहरबीच गोलभेँडा फलाउँदै सुवेदी


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १६:३३ 
  • वासुदेव पौडेल

    गण्डकी, २१ जेठ । श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३ बागमारामा बस्दै आउनुभएका सुवेदी आफू त स्वरोजगार बन्नुभएको छ नै व्यावसायिक कृषिका माध्यमबाट अरूलाई पनि रोजगारी दिइरहनुभएको छ ।

    पोखरा–३३ बाघमारामा व्यावसायिक च्याउ खेतीका साथै अन्य विभिन्न यामअनुसारका तरकारी लगाएर राम्रो आम्दानी गर्दै आउनुभएका सुवेदीले टनेलभित्र लगाउनुभएका गोलभेँडा यतिखेर बजारमा पुग्न थालेका छन् । कोरोना कहरबीच पनि टनेलबाटै गोलभेँडा बिक्री हुन थालेपछि उहाँलाई बजारको चिन्ता छैन । “निषेधाज्ञाका कारण बाहिरबाट तरकारी नआउने भएकाले उत्पादन गर्न सके बारीबाटै बिक्री हुन्छ”, उहाँले भन्नुभयो ।

    तीन टनेलमा गोलभेँडा राम्रै फलेको बताउँदै उहाँले बजारमा बिक्रीसमेत हुन थालेको जानकारी दिनुभयो । अघिल्लो याममा च्याउ खेतीबाट झण्डै रु पाँच–छ लाखसम्म आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा कुरिलो खेती गर्ने उहाँको सोच छ । जारी निषेधाज्ञाका कारण कच्चापदार्थको अभावका साथै काम गर्ने मजदूरको पनि अभाव हुँदा भने समस्या पर्ने गरेको उहाँको भनाइ छ ।

    यसअघि सिमी र काँक्राबाट राम्रै आम्दानी हुने लक्ष्य राखे पनि असिनाका कारण क्षति ब्यहोर्नुपरेको उहाँले बताउनुभयो । एक याम च्याउ फलेपछि एकदुई महिना जति ठाउँ खुल्ला गरेमा राम्रो उत्पादन हुने गरेको अनुभव सुनाउँदै उहाँले वर्षमा दुई याम च्याउ लगाउने गरेको जानकारी दिनुभयो ।

    व्यावसायिक कृषिमा सुवेदीको लगाव भने वैदेशिक रोजगारीबाट फर्केपछि हो । डेढ दशकअघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका उहाँलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनुभएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश जानुभएन ।

    विदेशबाट फर्केपछि च्याउ खेतीमा लाग्नुभएका सुवेदी हाल दाजुभाइ च्याउ फार्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लाग्नुभएको छ । मलेसियाबाट फर्केलगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीबाट आफू व्यावसायिक खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । त्यसयताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेका सुवेदीले हाल भने बाघमारास्थित महाकाली चोकमा च्याउ खेतीसहित तरकारी खेती गर्दै आउनुभएको छ ।

    व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढ दशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उहाँले अघिल्लो वर्ष कोरोना महामारीभन्दा अघिसम्म यस व्यवसायबाट मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । कोरोना शुरु हुनुभन्दा अघिसम्म राम्रै आम्दानी हुने गरे पनि त्यसयता अपेक्षित आम्दानी नहुने गरेको र कतिपय अवस्थामा घाटासमेत ब्यहोर्नु परेको उहाँको भनाइ छ । कोरोनाको दोस्रो भेरियन्टका कारण व्यावसायिक रुपमा केही गर्छु भन्नेका लागि पुनः चुनौती खडा भएको उहाँले बताउनुभयो ।

    कोरोना महामारीसँगै हुने गरेका निषेधाज्ञा आदिले सामान ढुवानीलगायत कृषिजन्य उत्पादनका लागि आवश्यक कच्चापदार्थ ल्याउन समस्याका पर्ने गरेको कृषकको गुनासो छ । तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रै महिना गर्न सकिने सुवेदीको अनुभव छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उहाँले बताउनुभयो । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उहाँले सुनाउनुभयो । कोरोना कहरका रोजगारी गुमाएका युवालाई व्यावसायिक कृषिमा लाग्न सके बेरोजगार बस्नु नपर्ने सुवेदीको सुझाव छ । –रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.