सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १६:२९ 
  • कोपेनहेगन, २१ जेठ । डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान गरिने छ ।

    डेनमार्कले यस वर्ष करिब ३० लाख डोज खोप अन्य राष्ट्रलाई उपलब्ध गराउने योजना बनाएको छ ।

    डेनमार्कका विदेशी सहायता मन्त्री फ्लेमिङ मोलर मर्टेनसेनले एक वक्तव्य जारी गर्दै सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताउनु भएको छ । उहाँले अन्य देशको तुलनामा केन्याले खोप प्राप्त गर्न नसकेका कारण केन्याले कठिन परिस्थितिको सामना गरिरहेको पनि बताउनुभयो ।

    उक्त खोप राष्ट्रसंघीय बालकोष (युनिसेफ) मार्फत ढुवानी गरिने छ ।

    मार्चमा डेनमार्कले अस्ट्राजेनिका खोप आफ्ना नागरिकलाई नलगाउने घोषणा गरेको थियो । खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिएको जनाउँदै युरोपमै अस्ट्राजेनिका खोप नलगाउने घोषणा गर्ने डेनमार्क पहिलो राष्ट्र हो ।

    त्यसपछि नर्वे र अन्य युरोपेली राष्ट्रले पनि यस्तै निर्णय गरेका थिए । तर युरोपेली औषधि नियामक निकाय युरोपियन मेडिसिन एजेन्सी ९इएमए० ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएपछि युरोपका केही देशले पुनः खोप लगाउन थालेका थिए । तर यो खोप ५० वा ६० वर्षभन्दा माथिको उमेर समूहलाई मात्र दिइएको थियो ।

    यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ को खोप अफ्रिकी मुलुकहरुमा लगभग पूर्ण रुपले रोकिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संगठनका अनुसार गत दुई साताको अवधिमा अफ्रिकी मुलुकहरुमा कोभिडबाट संक्रमितको संख्या २० प्रतिशतले वृद्धि भएको छ ।

    दक्षिण अफ्रिकामा ६० प्रतिशतभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यहाँ एक डोज लगाए हुने जोन्सन एन्ड जोन्सनका खोप लगाउने अभियान पनि संकटमा परेको छ ।

    दश लाखभन्दा बढी जोन्सनका खोप अहिले दक्षिण अफ्रिकाको औषधि निर्माता कम्पनीका प्लान्टमा थन्किएका छन् । खासगरी अफ्रिकामा रहेको अमेरिकी प्लान्टमा खराबी आएपछि खोपको प्रयोगमा समस्या आएको हो ।

    अफ्रिकी संक्रामक रोग नियन्त्रण केन्द्र (सिडीसी) का प्रमुखले अमेरिकी खाद्य तथा औषधि प्रशासनले प्लान्टमा आएको समस्याका बारेमा चाँडै निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    डब्लुएचओका वरिष्ट खोप विज्ञ डा केट ओब्रायनले विश्वमै खोपको आपूर्तिमा समस्या भइरहेको अवस्थामा विकसित मुलुकहरुले बालबालिकालाई पनि खोप लगाउनु प्राथमिकताको विषय नभएको बताउनु भएको छ ।

    उहाँले विश्व स्वास्थ्य संगठनका दृष्टिमा बालबालिकालाई अहिल्यै खोप लगाउनु प्राथमिकताको विषय होइन भन्नुभयो ।

    क्यानडा, संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरुले १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन स्वीकृत गरेका छन् ।

    ओब्रायनले वयस्क व्यक्तिलाई खोप दिइसकेको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु अघि खोप लगाउनु आवश्यक नरहेको पनि बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.