सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेनाका अधिकृतलाई अदम्य साहसका लागि प्रशंसापत्र प्रदान


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १४:४५ 
  • काठमाडौँ, २१ जेठ । संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान गरेको छ ।

    जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको सो मुलुकमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पु¥याएको योगदानलाई राष्ट्र सङ्घले उच्च प्रशंसा गरेको हो ।

    अस्थायी परिचालनका लागि तैनाथ नेपाली शान्ति सैनिकले गत मङ्सिरमा क्यइवेत नजीक हतियारधारी जातीय समूहबीच उत्पन्न भएको हिंसात्मक झडपमा बफर जोनका रुपमा परिचालन भई कार्य गरेको जनाउँदै राष्ट्रसङ्घीय महासचिवबाट प्रशंसापत्र प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाली सेना शान्ति सैनिकले छोटो समयमा लिएको अदम्य साहस र पहल कारण त्यहाँ ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो । सम्भावित ठूलो जातीय हिंसात्मक झडप हुनबाट रोक्न सफल भएकामा उक्त कार्यको कदरस्वरुप सहसेनानी विष्टलाई प्रशंसापत्र प्राप्त भएको सेनाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.