सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ शैक्षिक सत्रका लागि आवश्यक पुस्तक आयो


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १४:०८ 
  • चितवन, २१ जेठ ।  विद्यालयले नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा त्यहाँका विद्यालय छन् ।

    जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका छन् । उनका अनुसार केन्द्रमा अहिले १४ लाख ३५ हजार ९१८ थान पुस्तक आइसकेका छन् । उनले भने, “कक्षा ६ मा तीन विषयमा पाठ्यपुस्तक परिवर्तन भएकाले आउन बाँकी रहेको छ, ती पुस्तक पनि यही जेठ २३ गते आइतबारसम्म आइपुग्ने छन् ।”

    पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको उनले बताए । तीन विषयका ७५ हजार किताब आउन बाँकी रहेको हो । यस केन्द्रले चितवनसहित बारा, पर्सा, रौतहट, मकवानपुर, बर्दघाट–सुस्ता पूर्व नवलपरासी, बर्दघाट–सुस्ता पश्चिम नवलपरासी, तनहुँ र गोरखा जिल्लामा पुस्तक उपलब्ध गराउँदै आएको छ ।

    ती जिल्लाका ३४ व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको बिष्टले बताए । कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन पुनः सञ्चालन भएमा किताबको अभाव नहुने उनको भनाइ छ ।

    केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइ र वितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिएकाले केन्द्रले वितरण नगर्ने उनले जानकारी दिए । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ । अहिले केन्द्रको भरतपुर शाखामा रु १२ करोड ७९ लाख ९४ हजार ४९४ का पुस्तक आइसकेका छन् ।

    जिल्लामा हाल कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीको कूल सङ्ख्या एक लाख ५० हजारभन्दा बढी रहेको छ । त्यसमध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ हजार ३३९ विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पु¥याउने छ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ । केन्द्रले आइसकेका पुस्तक यही जेठ २४ गतेदेखि वितरणको प्रक्रिया शुरु गर्ने जनाएको छ ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.