सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ छात्रावास बनाउँदै चितवनको कालिका नगरपालिका


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १४:०५ 
  • चितवन, २१ जेठ । जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ ।

    नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो । नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ । नगरपालिकाका इन्जिनीयर राजेश कोइरालाका अनुसार मझवाङ माविमा ५० जनासम्म विद्यार्थी बस्न सक्ने गरी छात्रावास निर्माण थालिएको हो ।

    हरेक तलामा तीनवटा शौचालय र स्नान कक्ष रहने छन् । खाना पकाउने, खाने, अध्ययन गर्ने कोठाहरु समेत छुट्टाछुट्टै हुने उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा एकतले उक्त छात्रावास निर्माण सम्पन्न भएपछि १६ जना विद्यार्थीले आवासीय सुविधा पाउने छन् । तीन तला निर्माण गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । उहाँले भन्नुभयो “तीन तला निर्माण सम्पन्न भएपछि ५० जना विद्यार्थीले सुविधा पाउँछन् ।” पहिलो तलाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पहिलो तलाका लागि रु.८३ लाख १० हजार ८४१ मा ठेक्का दिइएको हो । असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यस्तै चतुर्मुखी माविमा छात्राहरुका लागि मात्रै छात्रावास बन्दैछ ।

    कोइरालाका अनुसार तीनतले सो भवनको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । भवन सम्पन्न भएपछि १८ जना चेपाङ छात्राले सुविधा पाउनेछन् । सो भवनको हरेक तलामा शौचालय र स्नानकक्ष रहेको छ । रु ४४ लाख २१ हजार ८२० मा भवन ठेक्का दिइएको हो । नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार चतुर्मुखी माविमा यसअघि नै प्रजा छात्रावास रहेको छ । विसं २०५८ मा उक्त छात्रावास बनेको थियो । नयाँ भवन बनेसँगै छात्राहरु त्यसमा बस्नेछन् भने पुरानोमा छात्रहरु बस्नेछन् ।

    पुरानोमा ४० जना अट्ने क्षमता रहेको छ । त्यस भवनको माथि ट्रष्ट लगाएर थप व्यवस्थित गरिंदै छ । मजबाङ मावि सिद्धीमा पनि २० जना क्षमताको छात्रावास सञ्चालनमा छ । यहाँ सीमान्तकृत चेपाङ समुदायका बालबालिका बस्ने गर्दछन् । सिद्धीको छात्रावास धेरै पहिलेदेखि सञ्चालनमा छ । सो विद्यालयमा नयाँ भवन बनेसँगै छात्रावास सहज रुपमा सञ्चालन हुनेछ ।

    श्रेष्ठले भन्नुभयो, “चतुर्मुखीको छात्रावासबाट अध्ययन गरेर ४०० भन्दा बढीले प्रवेशिका उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” नगरपालिकामा त्यही अध्ययन गरेका पाँच जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । नयाँ भवनहरु बनेसँगै थप विद्यार्थीलाई राखेर अध्ययन गराउने उहाँको भनाइ छ । आउँदो दशैंसम्ममा नयाँ भवनहरुमा विद्यार्थी राख्ने योजना नगरपालिकाको छ ।

    यही असारसम्म भवन निर्माण सम्पन्न लक्ष्य लिइएको भए पनि कोभिडका कारण तत्काल विद्यार्थी राख्ने अवस्था छैन । चेपाङ पछाडि परेको समुदाय हो । पहाडी भूभागमा वसोवास गर्ने चेपाङहरुको बाह्रै महिना खाना पुग्ने उब्जनी हुँदैन । कतिपय समयमा गिठाभ्याकुर खाएर जीविकोपार्जन गर्ने गर्दछन् ।       रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.