सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमा क्षेत्रबाट मदिरा बरामद


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १४:०० 
  • पर्सा,२१ जेठ । खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १० लाख रुपैयाँ भन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ ।

    पर्साको छिपहरमाई गाउँपालिका-२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो ।

    नेपालबाट अवैध रुपमा मदिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा कारवाही गर्दा १० लाख ६० हजार मूल्य बराबरको ३०० कार्टुन मदिरा बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

    उनले कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै भारततर्फ जाँदै गरेको ट्याक्टरलाई रोकी जाँच गर्दा उक्त परिमाणको मदिरा बरामद भएको र ट्याक्टर चालक फरार भएको बताए ।

    फरार रहेका ट्याक्टर चालकको खोजतलास भइरहेको र बरामद भएको मदिर तथा वाहनलाई आवश्यक कारवाहीका लागि आज वीरगन्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
    -रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.