सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री छलफलमा, महन्थ ठाकुर पनि बालुवाटार पुगे


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १३:४९ 
  • काठमाडौं,२१ जेठ । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भइरहेका बेला ठाकुर छलफलका लागि बालुवाटार गएका हुन् ।

    यसअघि बिहीबार राति अबेरसम्म प्रधानमन्त्रीसँग ठाकुरले सत्ता सहभागिताको बारेमा छलफल गरेका थिए । जसपाबाट राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने तय भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

    जसपाको पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेकाले पनि केही ढिला भएको बताइएको छ । केही विषय बाँकी रहेकाले नयाँ मन्त्रीहरूको सपथग्रहण आजै हुने सम्भावना कम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले एमालेका नेताहरुसँग पनि छलफल गरिरहेका छन् । पूर्वमाओवादी समूहबाट पनि विस्तारित मन्त्रिपरिषदमा कसलाई सहभागी गराउने भन्ने छलफल चलिरहेको बताइन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.