सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई भेन्टिलेटर सहयोग


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १२:५५ 
  • त्रिशूली, २१ जेठ । विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।

    कोरोना सङ्क्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले नेता आचार्यले रसुवा जिल्ला अस्पताल धुन्चे र जीवजीवे ग्रामीण अस्पताललाई दुई–दुई थान मिनी भेन्टिलेटर सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको हो ।

    उहाँले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान सहित अक्सिमिटर ३० थान, आधुनिक शयया पाँच वटा र सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई विहिबार हस्तान्तरण गर्नुभयो । ती सामग्री रु.१६ लाख मूल्य बराबरको रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

    नेता आचार्यले महामारीबढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थालेको र उपचारका लागि रसुवाबाट बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । “रसुवाका स्थानीयतहका अध्यक्षहरुसंग समन्वय गरेर मागअनुसारको सामाग्री उपलब्ध गराएको हो”, उहाँले भन्नुभयो, “माग र आवश्यकता अनुसार अक्सिमिटर लगायतको सामाग्री जिल्ला सङ्कट व्यवस्थापन केन्द्र मार्फत वितरण गर्न भनेका छौ ।” नेता आचार्यले बिहीबार नै त्रिशूली अस्पताल नुवाकोटलाई दुई थान मिनि–भेन्टिलेटर सहित एकथान आइसियुमा प्रयोग हुने सामाग्री (एभिजी) सहितको स्वास्थ्य सामग्री अस्पतालका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई प्रदान गर्नुभयो ।

    उक्त सामाग्रिको मूल्य रु.१६ लाख बराबरको छ । उहाँले चालु आर्थिक वर्षमा त्रिशूली अस्पताललाई ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को रु.४६ लाख समेत सहयोग उपलब्ध गराउनुभएको थियो । रसुवा र नुवाकोटका बिरामीको उपचार सेवा प्रभावकारी बनाउन सरकारी मात्रै नभई व्यक्तिगत लगानीमा उहाँ मार्फत एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्यबीमा कार्यक्रम, स्वास्थ्य सामाग्री लगायतको सहयोग निरन्तर हुदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.