सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिलान्यास भएको ७ वर्षपछि कालीगण्डकीको तीनमुखे पुल निर्माणले बल्ल गति लियो


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार ११:०४ 
  • रुपन्देही, २१ जेठ । ७ वर्ष अगाडि शिलान्यास भएको पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्ने कालिगण्डकीमा बन्न लागेको तीनमुखे पुल निर्माणले अहिले गति लिएको छ । यो नेपालकै नमुना मोडलबाट बनाउन लागिएको पुल हो ।

    ०७१ सालको मंसिर १५ गते तत्कालीन सांसद चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालले संयुक्तरुपमा तीनमुखे पुलको शिलान्यास गरे पनि समयमा काम शुरु नभएका कारण लामो समय रोकिएको हो । शिलान्यासको समयमा यो पुलको निर्माण ९ असार ०७४ मै सकिनुपर्ने थियो ।

    निर्माण सुरु भएको ७ वर्षमा यो पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल पुलको भौतिक प्रगति अन्तिम चरणमा आइसकेको छ । बन्दाबन्दीको समयमा पनि यहाँ काम भने रोकिएको छैन ।

    अहिले कालिगण्डकीको बीचमा टावरसहितको पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने स्याङजा, पाल्पा र गुल्मीतर्फ पुलका लठ्ठा अड्याउने संरचना सम्पन्न भइसकेको छ । ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयाँ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँबाटो-रुबिना-मना जेबीले पाएको छ । कुल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तीनवटा लठ्ठाको लम्बाई १ सय ८० मिटरको हुने निर्माण कम्पनीका ठेकेदार महेन्द्र अधिकारीले बताए । उनका अनुसार फाउण्डेसनको काम सम्पूर्ण सकिसकेकाले अब छिट्टै पुलमा मानिस हिड्ने गरी अहिले कामले तीव्रता पाएको छ ।

    ‘केही दिनअघि परेको पानीले रोक्यो, महामारीमा पनि कामलाई निरन्तरता दिएका छौं, असार मसान्तभित्रै पूरा गर्ने गरी काम गरेका छौं,’ उनले भने ।

    हाल कालीगण्डकी नदीको बीचमा झण्डै सात मिटर गोलाई भएको पिल्लर निर्माण गरिसकिएको छ भने जमिनको सतहदेखि झण्डै ४० मिटर उचाइमा टावर बनाउने काम अन्तिम चरणमा पुगेको उनले बताए । टावरबाट रिडी बजारको दृश्यावलोकन गर्न सकिने योजनासहित डिजाइन गरिएको उनको भनाइ छ । टावरमा रेलिङ र भयाङको काम मात्र टावरमा बाँकी छ ।

    पुल निर्माणका लागि सबैभन्दा जटिल र चुनौतीपूर्ण मानिएको पुलको बीच भागको पिल्लरको काम सकिएकाले अब फिटिङको काम मात्र बाँकी रहेको उनले बताए । पुलका लागि आवश्यक पर्ने लठ्ठा नेपालमा नपाइएपछि भारतबाट ल्याउनुपर्ने भएकाले ढिलाई भएको हो । शिल्यनासपछि २ बर्ष पुलको डिजाइनमै समय खर्च भएको थियो । ‘निर्माण सम्झौता गर्दा ६ महिनामै डिजाइन सक्ने भन्ने थियो । तर, नेपालमै पहिलोपल्ट यस्तो पुल बन्न लागेकाले डिजाइनमै हाम्रो २ बर्ष गयो । त्यसपछि हामीले काम सुरु गर्दै गर्दा अहिलेको अवस्थामा आएको हो,’ उनले भने ।

    यो पुल बनेपछि तीन जिल्लाका अर्गली, कालिपार र रिडीलाई अझ नजिक बनाउने छ । अहिले रिडीबाट किपट जान १ देखि डेढ घण्टासम्म लाग्ने गर्दछ भने पुलको निर्माण पछि ५ मिनेटमै पुग्न सकिने छ भने, बजारदेखि ऋशिकेश मन्दिरको दूरीलाई पनि यसले छोटो पारिदिनेछ । रुरु क्षेत्र गाउँपालिका वडा नंम्बर १ का वडाअध्यक्ष रामलाल विकले पुल निर्माणको कामले गति लिएकोमा खुसी व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.