सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूराना कम्युनिस्ट नेता पूर्वसांसद तामाङको निधन


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १०:३९ 
  • जनकपुरधाम,२१ जेठ । पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो ।

    पूर्व साँसद तामाङ पछिल्लो समय कोरोना संक्रमित भएका थिए । तर उपचारपछि निको भइसकेका बेला सुगरको मात्रा एक्कासी बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा उनको निधन भएको बताइएको छ ।

    गाउँमै दाहसंस्कारका लागि उनको शव ल्याउन लागेको कर्जन्हा ५ का वडाध्यक्ष भुषण खातीले जानकारी दिए । उनका अनुसार उनी २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।

    विगत लामो समयसम्म उनी जनमोर्चामै रहेर राजनीति गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाबाट चुनाव लडेपछि उनलाई पार्टीमा भित्र्याएको थिए । गरिब दलित जनताको पक्षमा जहिल्यै खडा हुने उनले सो क्षेत्रमा पकड बनाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.