सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड अस्पताललाई एक्सरे मेसिन


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १०:२६ 
  • कञ्चनपुर, २१ जेठ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ ।

    कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुयाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो । “कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भन्नुभयो, “स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन् ।”

    एक्सरे मेसिन सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्थापनका लागि कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । नगरपालिकाले सञ्चालन गरेको १५ शय्याको कोभिड अस्पतालमा अक्सिजनसहित दुई चिकित्सकको व्यवस्था गरी सेवा उपलब्ध गराइँदै आएको छ । कोरोनाका शङ्कास्पद बिरामीको स्वाबको नमूना सङ्कलन गर्ने र आवश्यक औषधि निःशुल्करूपमा अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.