अमेरिकाले नेपाललाई कोरोना खोप दिने घोषणा, प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त
न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार ०८:०५
काठमाडौं, २१ जेठ । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् ।
कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।
एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिइने घोषणा गरिएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई खोप दिने पक्का भएको बताउनुभयो । उहाँले नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भएको भन्दै कति संख्यामा आउने भन्ने एकिनन नभएको जानकारी दिनुभयो ।
कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।
कोभ्याक्समार्फत वितरण गरेर बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै कोरोना महामारीसँग जुधिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताउनुभयो । अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ, यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो बोइडेनले सार्वजनिक गर्नुभएको हो । कुन क्षेत्र र कुन देशले कति परिमाणमा खोप पाउँछन् भन्ने बाइडेन प्रशासनले गृहकार्य गरेर यकिन गर्ने ह्वाइटहाउसले जनाएको छ ।
प्रधानमन्त्री ओलीद्वारा धन्यवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गर्नुभएको छ । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उहाँले धन्यवाद दिनुभएको हो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भन्नुभएको छ “यसले नेपाल र अमेरिकाको मित्रताको मजबुतिलाई पुष्टि गर्छ ।”