सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भेरी र भरतपुर अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार र आक्रमणको निन्दा र भत्र्सना


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १९:३४ 
  • चितवन, २० जेठ । भरतपुर अस्पतालले स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार एवं आक्रमण प्रयासको भत्र्सना गरेको छ । आज सम्पन्न अस्पताल विकास समितिको बैठकले उक्त घटनाको भत्र्सना गरेको हो ।

    अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रोशन न्यौपानेद्वारा जारी विज्ञप्तिमा भेरी अस्पताल र भरतपुर अस्पतालमा भएका घटनाहरुको घोर भत्र्सना गरिएको हो ।

    विज्ञप्तिमा भरतपुर अस्पताल फार्मेसीमा यही जेठ १७ गते रातीको समयमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि अज्ञात व्यक्तिले दुव्र्यवहार एवं आक्रमण प्रयास गरेको उल्लेख छ । अस्पतालमा भएको उक्त घटनाको सम्बन्धमा आवश्यक छानविन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा आवश्यक कारवाहीका लागि अनुरोध गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

    कोभिड १९ संक्रमण महामारीको समयमा अस्पतालको ड्यूटीमा खटिने स्वास्थ्यकर्मीहरुको उच्च मनोबल एवं सुरक्षा प्रत्याभूतिका साथ कार्य गर्ने वातावरण सिर्जना गर्न समेत प्रशासनसँग माग गरिएको छ ।

    जेठ १७ गते रातीको समयमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिले अस्पतालका फार्मेसीमा कार्यरत कर्मचारीमाथि अपशब्द प्रयोग गर्ने र आक्रमणको प्रयास समेत भएको थियो । उक्त घटनाको सिसिटिभी फुटेज सहितको घटना विवरण प्रहरीमा बुझाईएको छ ।

    विज्ञप्तिमा जेठ १३ गते भेरी अस्पताल बाँकेमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक हमला भएको घटनाको पनि निन्दा र भत्र्सना गरिएको छ ।

    विज्ञप्तिमा कोभिड १९ संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीको मनोबल उच्च राख्न सुरक्षाको प्रत्याभूति दिलाउन एवं यस्ता किसिमका निन्दनीय घटनामा संलग्न दोषी उपर हदैसम्मको कारवाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराईएको छ ।

    भरतपुर अस्पतालले कोभिड १९ संक्रमितको चाप ह्वात्तै बढेसँगै विभिन्न सुरक्षा सामग्री, उपकरण तथा अक्सिजन प्रदान गरी उपचारमा महत्वपूर्ण सहयोग पु-याउनु हुने दाता तथा सहयोगीहरुप्रति अस्पतालले धन्यवाद ज्ञापन गरेको छ । (कान्तिपुर हेल्थबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.