सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पताललाई सहयोग जारी


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १५:१७ 
  • महोत्तरी, २० जेठ। बर्दिबास अस्पतालले रु २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ । कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीसहितका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बर्दिबास अस्पताललाई कोभिड–१९ सङ्क्रमण प्रतिरक्षा, जाँच र बिरामीको उपचार प्रयोजनका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

    दातृ निकायका साझेदार संस्था तथा सामग्री व्यवस्थापनका समन्वयकर्ता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सामग्री अस्पताल विकास समितिका अध्यक्ष तथा बर्दिबासका नगरप्रमुख बिदुरकुमार कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । कोभिड–१९ को सघन उपचार गर्दै आएको अस्पताललाई कारितास नेपाल र कारितास जर्मनीले रु १६ लाख ४७८ तथा आड्रा नेपाल र स्वीस सोलिडारिटीले रु दुई लाख १३ हजार ४९७ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेका अस्पतालले जनाएको छ ।

    प्राप्त सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेबुलाइजर मेसिन, पल्स अक्सोमिटर, प्रोटेबल सक्सेन मेसिन, अक्सिजन सिलिण्डर, स्यानिटाइजर, भिटिएम ट्युब, एन्टिजेन किट, एक्सट्रक्शन किट, पिपिई सेट, थर्मलगन, सर्जिकल ग्लोब्स, सर्जिकल मास्क र एन–९५ सहितका सामग्री रहेका अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ स्रोत व्यक्ति रामबाबु यादवले जानकारी दिनुभयो ।

    यसै साताको प्रारम्भमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकै समन्वयमा हेल्भाटस अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताललाई रु १२ लाख मूल्य बराबरका यस्तै स्वास्थ्य सामग्री प्रदान गरेको थियो । यसैगरी कारितास नेपाल र कारितास जर्मनीले आजै जिल्लाको गौशाला नगरपालिका–१२ स्थित कोभिड–१९ आइसोलेशन सञ्चालन गरेको स्वास्थ्यचौकी इमलीबजारलाई रु पाँच लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । यसैगरी आड्रा नेपाल र स्वीस सोलिडारिटीले छिमेकको धनुषा जिल्लामा पर्ने बटेश्वर स्वास्थ्यचौकीलाई करिब रु ३७ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको पैरवी मञ्चले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.