सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बामदेव अझै तटस्थ, विभाजन रोक्न सक्रिय


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १४:२७ 
  • काठमाडौं, २० जेठ । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम अझै तटस्थ छन् । उनी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमध्ये कुनैपनि पक्षमा खुलेका छैनन् ।

    ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएपनि अस्वीकार गरे । नेपाल समूहले बैठकमा डाकेपनि गएका छैनन् । उनले एकता अभियान जारी राखेका छन् ।

    गौतमले एमालेका ओली र नेपाल पक्षीय मध्यमार्गी नेताहरुसँग नियमित छलफल गर्दै आएका छन् । अर्थमन्त्री विष्णु पौडेलसँग उनले नियमित छलफल गरी एकताको पहल गरिरहेका छन् । नेपाल पक्षका नेताका रुपमा परिचित सुरेन्द्र पाण्डे र योगेश भट्टराईसँग पनि गौतमको नियमित कुराकानी चल्दै आएको छ । यी नेताहरु एमाले फुट्न नदिन सक्रिय छन् ।

    विगतमा एमाले फुटाएर माले गठन गरेका गौतमले विभाजनको ठूलो असर पर्ने भन्दै गम्भीर हुन दुवै पक्षलाई आग्रह गर्दै आएका छन् । अन्तिम समयसम्म एमाले एकता कायमै राख्ने र माओवादीसँग पनि एकता निर्माण गर्ने उनको प्रयास चल्दै आएको छ ।

    गौतम एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । उनले ओलीलाई अध्यक्ष जिताउन मुख्य भूमिका निभाएका थिए । एमालेभित्र ओली र नेपाल पछि बलियो गुट भएका नेताका रुपमा गौतमलाई चिनिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.