सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदीको बहाव बढेपछि पुल निर्माण रोकियो


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १४:०६ 
  • दमौली, २० जेठ । गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा वहाव बढेपछि रोकिएको हो ।

    तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो ।

    “पुल निर्माणका लागि बीच भागको पिल्लर उठाउने काम हुँदै थियो, वर्षापछि नदी बढेर पिल्लर नै डुबायो,” उहाँले भन्नुभयो, “नदीले केही मेसिन समेत डुबाएको छ ।” सिग्देलका अनुसार अब पानीको बहाव घटेपछि मात्रै काम शुरु हुनेछ ।

    असार लागेपछि झन् बढी वर्षा हुने भएकाले त्यस अगावै बीच भागको पिल्लर सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको थियो । निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गरिएपनि वर्षाका कारण काम रोकिएको सिग्देलले बताउनुभयो । सिग्देलका अनुसार तनहुँतर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पातर्फको काम हुन बाँकी छ ।

    दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।

    पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।

    वृद्धको उद्धार

    तनहुँको देवघाट गाउँपालिका–५ निवासी ८३ वर्षीय वृद्धको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्धार गर्नुभएको छ । गाउँपालिकाभित्र दुई दशक अगाडिदेखि बसोबास गर्दै आउनुभएका ती वृद्धको अध्यक्ष थापाले उद्धार गर्नुभएको हो ।

    एक्लै बस्दै आउनुभएका कृष्णबहादुर न्यौपाने केही समयदेखि बिरामी भएपछि थापा आफै घरमा पुगेर उहाँको उद्धार गर्नुभएको छ । ती वृद्धलाई मानव सेवा आश्रममा पठाइएको छ । देवघाटस्थित पुरानो झोलुङ्गे पुलमा बसेर दैनिक गुजारा गर्ने न्यौपाने दोहोरो कुरा गर्न नसक्ने, काम कम सुन्ने, आँखा पनि कम देख्ने गर्नुहुन्थ्यो । उहाँ २० दिनदेखि बिरामी भएपछि घरमा नै बस्दै आउनुभएको थियो । वृद्धसँग रु पाँच हजार रहेकाले उक्त रकम पनि आश्रमलाई बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिकास्थित दुई औषधि पसल बन्द गराएको छ । मापदण्ड विपरित सेवा दिएपछि प्रशासन कार्यालयले दुई औषधि पसल बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार धर्मसेवा मेडिकल र फेमिली स्वास्थ्य क्लिनिक बन्द गराइएको छ । अनुगमनका क्रममा डाक्टर बिना बिरामी राखेर उपचार गरेको पाइएपछि ती मेडिकल बन्द गराइएको बरालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.