सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध र भरुवा बन्दुकसहित दुई पक्राउ


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १२:५५ 
  • बागलुङ,२० जेठ । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

    विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनीहरुलाई लागुऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन् ।

    जितबहादुरको घरबाट गाजाँको धुलो र डम्बरबहादुरको घरबाट चरेसजस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरुलाई लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.