सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १२:४८ 
  • काठमाडौं,२० जेठ । नेपाली राष्ट्रिय टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ ।

    पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्-अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ । छनोटको तयारी स्वरूप गत हप्ता भएको इराकविरुद्धको खेलमा सुन्दर फुटबल खेलेको नेपाल आजको खेलमा पनि सोही लक्ष्यसहित मैदानमा उत्रिनेमा विश्वस्त हुनसकिन्छ ।

    गत चैतमा नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आजको खेल पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । सुरुआतदेखि नै नेपालले अब आक्रामक फुटबल खेल्ने बताएका अल्मुताइरीले इराकविरुद्धको खेलमा सावित पनि गरेका थिए ।

    आफूभन्दा १ सय ३ स्थानमाथिको इराकलाई केही समय दबाबमा राखेर २-१ को अग्रतासम्म लिएको नेपालले अन्तत: ६-२ ले खेल हारेको थियो । तर, विश्वकप खेलिसकेको टोलीसँग त्यो स्तरको प्रदर्शन गर्नुलाई नेपाली फुटबल प्रेमीले सकारात्मक रूपमा  लिएका छन् । त्यसैको आधारमा आज नेपालले ताइपेइविरुद्ध शानदार प्रदर्शन गर्ने अपेक्षासमेत धेरैले गरेका छन् ।

    छनोटमा यसअघिका ५ मध्ये एक खेल उही ताइपेइविरुद्ध मात्र जित निकाल्न सफल भएको नेपालले आजको खेलमा नतिजाको अपेक्षा गरेको छ । यसअघि ताइपेइविरुद्ध नेपालको जितमा अञ्जन विष्टले दुई गोल गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.