सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल गुड्ने


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १२:३६ 
  • काठमाडौं, २० जेठ ।कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । मन्त्रालयले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेलाई एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा रेल चलाउने जिम्मा दिएको हो । कम्पनीले २६ मुख्य प्राविधिक ल्याएर एक वर्षसम्म सञ्चालन गर्ने जनाइएको छ ।

    नेपाल जनकपुरदेखि भारत जयनगरसम्म सञ्चालनका लागि आठ महिनाअघि ल्याइएको रेल पालले छोपेर राखिएको छ । सरकारले सञ्चालनका लागि कानुनी बाध्यता फुकाउन रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरे पनि कोरोना बाधक बनेको छ । रेल सञ्चालनका लागि पटक–पटक समय तोक्दै आएकोमा जनशक्तिदेखि कानुन अभावलगायत कारण सञ्चालन हुन नसकेको हो ।

    भारतबाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक गत चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो ।

    रेल सञ्चालनका लागि सो रेल बसेर र उभिएर गरी १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु सक्ने अट्ने क्षमताको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन व्यवस्थासहित सरकारले असोजमा १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट दुई रेल ल्याएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.