सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भैँसीमा भ्यागुते रोगको प्रकोप


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार ११:१५ 
  • राँझा, १९ जेठ । बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

    राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान गरेको हो । रोग पत्ता लागेपछि राप्तीसोनारी–६ र ७ मा पर्ने फत्तेपुर क्षेत्रका ६०० पशुलाई भ्यागुते रोग विरुद्धको खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बिरामी भैँसी तथा अन्य पशुका लागि स्थानीय तहमा रहेको पशुसेवा शाखाले औषधि खरिद गरी उपचार शुरु गरिसकेको छ । बिरामी परेका भैँसीमा मुखबाट पानी आउने, ज्वरो आउने, काम्ने जस्ता लक्षणहरू देखिएको थियो । औषधि उपचारपछि भैँसीहरू निको हुने सङ्केत देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.