सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमालय एयरलायन्सले चीनबाट कोभिडविरुद्ध खोप ल्याउँदै


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १५:१४ 
  • काठमाडौँ, १८ जेठ ।  नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ ।

    चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो । उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पहिलो खेपको खोप आज बिहान १०५ बाकस काठमाडाँै ल्याइसकिएको छ । चीनको कुनमिङबाट ल्याइएको उक्त खोप आज बिहान ६ः२८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको छ । दुई लाख मात्र खोप ४१७ बाकसमा राखिएको जनाइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधबार पुनः चीन जानेछ ।

    चार निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर एक ला ९२ हजार अर्थात् नेपाली रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिनुभयो । कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा रु एक करोड जम्मा गरेको थियो ।

    यस्तै आम्दा हस्पिटल (दमक), लुम्बिनी प्रदेशस्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद ग¬ङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन मेमोरियल सामुदायिक हस्पिटललगायत संस्थालाई एयरलाइन्सले पिसिआर परीक्षण गर्ने मेसिन, पोर्टेबल भेन्टिलेटर, इन्फ्रारेड थर्मामिटर, पिपिई आदि सहयोग गरिसकेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.