सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्तीमा टिप्परको ठक्करबाट एक युवती घाइते,


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १४:४२ 
  •  चितवन,१८  जेठ । पूर्वी चितवनको राप्तीमा टिप्परको ठक्करबाट एक युवती घाइते भएकी छिन् ।

    राप्ती नगरपालिका २, गड्यौलीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८११९ नम्बरको टिप्परले राप्ती नगरपालिका १, लोथर बस्ने २० बर्षीय सेतीमाया पाख्रिनलाई ठक्कर दिदा उनी घाइते भएकी हुन्।

    घाईतेको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरस्थित अलाईभ हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।

    सडकबाट १० मिटर टाडा रहेकी उनलाई टिप्परले ठक्कर दिएको हो । साथीसंग बिएड प्रथम बर्षको परीक्षा फाराम भर्न भनेर हिड्न लाग्दा साइकलमा हावा सकिएकोले साथी हावा हाल्न गएको र उनी सडक भन्दा अन्दाजी १० मिटर टाडा त्यही उभिएको बेला टिपरले ठक्कर दिएको उनको साथीले बताएकी छिन्।

    ठक्कर दिने टिप्पर र चालक ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना पछि स्थानियबासी र आफन्तहरु आक्रोशित भएर अन्य टिप्परहरुलाई सडकमा रोकेर केही समय विरोध समेत जनाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.