सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री र प्रवक्ताबाहेकले कोरोनाभाइरस महामारीबारे बोल्न नपाउने


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १३:५६ 
  • काठमाडौं,१८ जेठ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिलाई आमसंचारमा बोल्न रोक लगाएको छ ।

    मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै त्यसरी बोल्दा जनमानसमा द्धिविधा बनाउने र भ्रमित तुल्याउने गरिएकाले बोल्न रोक लगाइएको हो ।

    कोभिड महामारीसहित जनस्वास्थ्यका विषयमा विभागिय मन्त्रीहरु, मन्त्रालयले तोकेका पदाधिकारीलाई मात्र बोल्न दिन निर्णय समेत मन्त्रालयले गरेको छ ।

    तोकिएका व्यक्तिबाहेक अरुलाई बोल्न रोक लगाइएको प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । तोकिएका व्यक्ति बाहेक अरुलाई बोल्न रोक लगाइदिन आग्रह गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र समेत लेख्ने भएको छ ।

    साथै, मन्त्रालयले अनाधिकृत जानकारी प्रकाशन तथा प्रसारण नगर्न र नगराउन समेत संचार माध्यमलाई आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.