सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १२:४७ 
  • जाजरकोट , १८ जेठ । उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् ।

    तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो ।

    सो कुरा जिल्लादेखि प्रदेश र सङ्घ सरकारलाई समेत जनकारी गराइएको थियो, तर कोरोना परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत राज्यका कुनै निकायबाट गाउँपालिकाहरूले सहयोग पाउन सकेनन् ।” उपल्लो डोल्पाका स्थानीयवासीले अक्सिजन, व्यक्तिगत सुरक्षा सामग्री तथा औषधिलगायतका सामग्री पाएका छैनन्् । पटकपटक सङ्घ र प्रदेश सरकारसँग माग गर्दा पनि गम्भीरतापूर्वक नलिइएको डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पो थापा भोटेको दुखेसो छ ।

    “चाँडोभन्दा चाँडो माग पूरा गर्न सरकारलाई माग गर्छौँ”, डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले भन्नुभयो । स्थानीय तहले तत्काल ४०० देखि ४५० केजी औषधिका साथै आवश्यक किट हेलिकोप्टरबाट शे–फोक्सुण्डो गाउँपालिकाको सालदाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा पठाइदिन आग्रह गरेका छन् । खच्चडमार्फत उपल्लो डोल्पा लैजाँदा धेरै समय लाग्ने हुँदा हेलिकोप्टर प्रयोग गर्न आग्रह गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.