जिल्ला प्रशासन कार्यालय चितवनले भन्यो : लगातारको वर्षासँगै बाढी पहिरोबाट सतर्क रहनु
न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १२:०७
चितवन, १४ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षसँगै बाढी पहिरोको जोखिम रहेको जनाएको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी सूचनामा विभिन्न स्थानमा नदी कटान, डुवान, बाढी र पहिरोको उच्च जोखिम रहेकाले त्यस्ता बस्तीहरुमा सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा भनिएको छ “जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी एक÷दुई दिनसम्म अझै पानी परिरहन सक्ने देखिएकोले नारायणी, राप्ती र अन्य साना खोलाहरुमा पानीको सतह बढ्ने छ ।” पानी सतह बढेसँगै नदी खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने सूचनामा जनाईएको छ ।