सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर मनसुन सक्रिय, बाढीपहिरोको जोखिम


  •    /२३ असार २०७६, सोमबार १४:०८ 
  • काठमाण्डौं । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार/पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शनिबारदेखि देशभर मनसुन सक्रिय भएकाले बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन मौसम विद्हरूले आग्रह गरेका छन् । सोमबार देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पूर्वी क्षेत्रमा बहने साना नदी, सुदूरपश्चिम, गण्डकी प्रदेशको १, २ र ३ का नदी र चुरेबाट बहने केही ससाना नदीमा समेत आकस्मिक बहाब हुने सम्भावना रहेकाले सतर्कता अपाउन पनि भनिएको छ ।

    मङ्लबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो भागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशको अधिकांश स्थानमा बदली हुनाका साथै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.