सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जन्मदिनको अवसरमा विपन्नलाई खाद्यान्न सहयोग


  •    न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार २१:४७ 
  • माडी, ११ जेठ । भरतपुर महानगरपालिका वडा नं ७ सप्तगण्डकी टोल निवासी समाजसेवी सुधा दवाडीले आफ्नो जन्मदिनको अवसरमा माडीका अतिविपन्न दुई परिवारलाई आज मङ्गलबवार खाद्यान्न उपलब्ध गराउनुभएको छ । कोभिडका कारण ज्यान गुमाएका माडी नगरपालिका वडा नं ६ स्याउलीवासका रामबहादुर कामीको परिवार र माडी नगरपालिका वडा नं ७ देबेन्द्रपुर निवासी एकल महिला आइतीमाया परियारलाई चामल, दाल, आलु, साबुन, नुन लगायतका सामाग्री उपलब्ध गराइएको हो ।

    खाद्यान्न उपलब्ध गराउँदै सुधा दवाडीका श्रीमान् नेकपा एमालेका युवा नेता, सामाजिक अगुवा श्रीप्रसाद दवाडीले विपदको समयमा धैर्य गर्न आग्रह गर्दै आगामी दिनमा पनि समस्यामा परेका अति विपन्न परिवारहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    खाद्यान्न हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका कार्यपालिका सदस्य पूर्णाकला सुनार, नेकपा एमाले माडीका युवा ईन्चार्ज सूर्य खनाल, युवा संघ माडीका राम कार्की र सञ्जय ढकालको उपस्थिति रहेको थियो ।

    खाद्यान्न सामग्री ग्रहण गर्दै रामबहादुर कामीका छोरा दिपकले समस्यामा सहयोग गर्ने सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । बाबुको काजक्रियामा रहेक दिपक पनि कोरोना सङ्क्रमित हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.