तनहुँ, ११ जेठ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । राससमा रहेर पत्रकारिता क्षेत्रबाट गरेको उल्लेखनीय योगदानको कदर स्वरुप बस्नेतलाई सो पुरस्कार दिन लागिएको हो ।
पुरस्कारको राती पाँच हजार ५५५ रुपैयाँ सहित सम्मानपत्र रहेको छ । युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उहाँका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गर्नुभएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री हुनुहुन्थ्यो ।
सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि हस्तान्तरण गरिने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो । युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गर्नुभएको थियो । राससको तत्कालिन क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उहाँले काम गरिसक्नुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष उहाँले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ ।